Breaking

रविलाई कसले सिध्यायो ? किन गरे ओली–प्रचण्डको बचाउ ? पत्रकारमाथि भडाँस, स्तब्ध रास्वपा


काठमाडौँ— रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । सभापति लामिछानेले सांसद र गृहमन्त्री गुमाएसँगै पार्टी पनि सरकारबाट बाहिरिएको हो । तर लामिछानेले सरकार छोड्दै गर्दा धेरैमाथि भडाँस निकालेका छन् ।

पद गुम्यो अदालतका कारण, गैरसांसद बनेपछि प्रधानमन्त्रीले गृहमन्त्री दिएनन्, तर रविको भडाँस केही थान पत्रकारमाथि पोखियो । जति पोखियो, व्यापक पोखियो । केही मिडिया हाउस त्यसमध्ये पनि रविकै भाषामा भन्दा १२ भाइ सम्पादकले आफ्नाविरुद्ध प्रचार गरेको आरोप रविले लगाए । मिडियामा हुँदा राजनीति र राजनीतिमा हुँदा मिडियामाथि खनिएका रविले सारा वेथितिको कारण नै आफु भए जसरी लेखिटीलेखिटी उपप्रधानमन्त्री बनाइदिएको र अब प्रधानमन्त्री नै बन्ने बाटोमा रहेको दाबी रविले गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन्नँ भनेपछि समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भडाँस प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीमाथि भने पोखिँदै पोखिएन । सिधा कुरा नगरेको धेरै भयो भन्दै पोखिएका रवि बरु उपनिर्वाचन नजितेसम्म कुनै पदमा नजाने दाबी गरेका छन् ।

रविले सरकारमा रहेको अवधिमा व्यापक विरोध खेपेका विषयमाथि समेत स्पष्टिकरण दिए । हत्या अभियोग सांसद पक्राउ नपरेको विषयदेखि पूर्वहरुको सुरक्षा कटौती गरेको विषयसम्म बेकारमा आलोचना गरिएको भन्दै रविले आफु गृहमन्त्रीबाट हटेपछि समस्या समाधान भयो त ? भन्दै प्रश्नसमेत गरेका छन् ।

नागरिकता मुद्धाकै कारण सांसद पद गुमाएका रविले अदालतमाथि समेत हल्का कटाक्ष गरेका छन् । हतारहतारमा निर्णय गरेपनि स्वीकारेँ भन्दै चित्त बुझाउने कोशिस गरेका छन् । तर आफुमाथि सबै बल प्रयोग गरिएको रविको दाबी छ । प्रक्रियागत गल्तीमा आफुले पद गुमाएपनि गृहमन्त्रीमै फर्किहाल्ने लोभ भने रहेको रविको दाबी छ । यद्यपी विगतमा पटकपटक गैरसांसद मन्त्री बनेको नजिरका अघि सत्ता र गठबन्धनको नेतृत्वबाट रविलाई पछि पारिएको हो । किनकि रविसँग देशमै केही गर्छु भन्ने हुटहुटी थियो । देशका यी सारा समस्या टेलिभिजनको पर्दाबाट समाधान हुँदैन भन्ने बुझेरै उनी राजनीतिमा आएका हुन् । सदनको रोस्टमबाटै भ्रष्टाचारीलाई खोरमा कोच्ने उद्घोष गरेकै थिए । निर्मला पन्त र निर्मला कुर्मीलाई न्याय नदिए पदबाट राजीनामा दिने बताएकै थिए ।

भुँइ मान्छेको अवस्था बदल्न युवाहरुको पंक्ति बटुलेर बर्षाै राजनीति गरेकाहरुलाई चक्मा दिँदै २० सिटको हैसियत बनाएर सदन पसेकै हुन् । संसद पहिलोपटक युवामय भएकै थियो । तर बर्षाैदेखि सत्ताको चास्नीमा डूबेकाहरुले रविलाई पनि डुबाए । उपप्रधानसहित गृहमन्त्री बनेको दिनदेखि नै धेरैको निद हराम भएको थियो । राजनीतिमा एकले अर्कालाई सक्काउन लागिपरेका ओली–प्रचण्डको बीचमा बसेर कुन बेला ‘गोरुको जुँधाई बाच्छाको मिचाइ’ भयो रविले पत्तै पाएनन् । यता रवि गृहको रफ्तारमा थिए, उता प्रचण्ड भने देउवासँग मिली यति बलवान् भएकि उनकै पक्षमा ओली–लिङ्देनले रोइकराई गर्दा पनि केही नचल्ने अवस्था बन्यो । अन्ततः रवि लाचार बन्दै सरकारबाट बाहिरिन बाध्य बनेका छन् । रविको पार्टीमात्रै लाचार बनेको छैन् कि रविकै लागि ओर्लिएको जनलहर स्तब्ध बनेको छ ।

कानुनको अज्ञानता कसैलाई क्षम्य हुँदैन, यो धुर्वसत्य कुरा हो । तर कानुनले सबलाई समान देखेपनि सत्ताकै आडमा उन्मुक्ति पाउनेका रवि गलहत्तिएका छन् । यद्यपी उनको ५ महिने सत्ता यात्राले धेरैको सात्तो गएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका माधवकुमार नेपालले राष्ट्रिय पार्टीको मान्यता पाउने हैसियत गुमाएका बेला रविको उदय आश्चार्य चकित बन्यो । किनकि बाबुराम भट्टराई वैकल्पिक राजनीतिबाटै पत्तासाफ भएको र रविन्द्र मिश्र जस्ता पात्रहरु पुरातन राजावादीमा विलाएको कटु सत्यका अघि रविको उदय सामान्य होइन । जोखिम मोलेरै पार्टीलाई ६ महिनामा २० सिटे बनाएको इतिहास मै हुँ भन्ने नेताको सोच बाहिरको कुरा हो ।