Breaking

लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै, खुला सीमाका कारण विकृति बढ्दो


काठमाडौँ— लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको तथ्यांकले देखाएको छ । मधेस केन्द्रीत क्षेत्रहरुमा लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप शतर्कता अपनाउन आग्रह गरेको छ ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरु बढ्दै गएको छ । खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिलो हुने र त्यसले झनै विकृति र आपराधिक क्रियाकलापहरु बढ्नलाई मद्यत गरिरहेको छ ।

खुला सीमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको भनाई छ । खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध थपिँदै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढीरहेको उनको भनाई छ ।

मधेस प्रदेश लागुऔषध दुव्र्यसनी र लागुऔषध कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ । गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो । जनकपुरधामबाट लागुऔषध सहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ । आर्थिक वर्ष २०७७-०७८ मा लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८-०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मधेस प्रदेशमा लागुऔषधको उपलब्ब्धता सहज रहेकाले नै लागुऔषध दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियान्ता स्पर्श नेपालका नविन मल्लिक बताउँछन् ।

त्यस्तै मधेस प्रदेशमा सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पु¥याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागुऔषध पु¥याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरु देखाउने गर्दछन् ।