देश

पत्रकारहरूलाई रविको चुनौती


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सभापति रवि लामिछानेले पत्रकारहरूलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

आफूविरुद्ध गलत प्रचार गरेको दाबी गर्दै रविले नाम नै तोकेर चितवन–२ चुनाव लड्न आउन चुनौती दिएका हुन् । उनले मिडियाले मिडिया नचलाएर सरकार चलाउन खोजेको दाबी पनि गरे । लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गरेका छन् ।

लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताएका छन् ।

विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ ।