Breaking

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने


काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आज नै राजीनामा बुझाउने जानकारी दिए ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्की रहेका छन् ।