Breaking

ओलीको प्रश्न – सर्वोच्चले गरेको फैसलाले कसले न्याय पायो ?


काठमाडौँ— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै ओलीले सर्वोच्चको निर्णयलाई आफूहरुले मान्ने तर लामिछानेको नागरिकताले उजुरीकर्तालाई के अन्याय परेको र के न्याय पाए भन्दै प्रश्न गरेका हुन् ।

उनले प्रक्रियागत त्रुटिको आधारमा एउटा व्यक्तिको पद नै गएको बताए । निर्वाचन आयोगले वैधानिक छ भनेर सदर गरेको उम्मेदवार सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले निर्वाचित गरेको व्यक्तिको पद प्रक्रियागत त्रुटिले गएको बताए ।

ओलीले अदालतको फैसलालाई आफूहरुले मान्ने बताउँदै रवि लामिछानेसँग आफ्नो न कुनै संगठनात्मक, न नाता सम्बन्ध केही नरहेको भन्दै फैसला भएको शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म उनको नागरिकता के भयो त्यो सम्बन्धमा आफूले नबुझेको बताए ।