Breaking

रास्वपाको मागबारे बालकोटमा छलफल


काठमाडौँ— ओली, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष तथा उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसमेतको सहभागितामा भएको छलफलमा यही सत्ता गठबन्धनलाई निरन्तरता दिनका लागि रविको माग कसरी सम्बोधन भन्नेबारे गम्भीर विचारविमर्श भएको बालकोट स्रोतले जनाएको छ ।

बैठकमा रविले आफ्नो पार्टीको बटमलाई गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने रहेको र त्यसका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । यस्तै लिङ्देनले पनि कसरी हुन्छ मिलाएर जान उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको हिसावले ओलीको ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा ओलीले आफूले यो विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर निकास निकाल्ने बताएको स्रोतको भनाइ छ ।

बिहीबार बसेको रास्वपाको बैठकले शनिबारसम्म आफूहरुको माग पुरा नभए सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको थियो । सो अल्टिमेटम आज सकिन लागेको छ ।

रविको अल्टिमेटमका बीच पनि प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय दिन तयार देखिएका छैनन् । रविले आफै गैरसांसदको रुपमा गृहमा प्रवेश गर्न लागेको तर उनको विषयमा अझै प्रश्न रहेकाले सो मन्त्रालय दिन नसकिने प्रचण्डको अडान छ ।