देश

मलेसियाली गृहमन्त्री आज फर्कदै


काठमाडौँ— मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन ।

बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो ।सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए ।

उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालवाट लानका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले बताउका छन् ।