देश

रास्वपालाई दिइएको दुई दिन आज सकिँदै


काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सरकारमा रहने वा नरहने बारे अन्तिम निर्णय लिँदैछ।

गत बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहने कि बाहिरिने भन्नेबारे पर्ख र हेरको नीति लिने निर्णय गरेको थियो।

रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिएका थिए। सोहीअनुसार आज रास्वपाले सरकारमा जानेरनजानेबारे निर्णय लिनेछ। यद्यपि रास्वपाको बैठक शुक्रबार बसेको थिएन।

रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविको नागरिकता अवैध भएको भन्दै सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयको टुङ्गो लगाउने बताउँदै आएका छन्।यता एमालेका अध्यक्ष ओलीले भने रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली रविलाई गृह मन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन्। माघ १३ गते शुक्रबार सर्वोच्च अदालतले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेको ना‍गरिकता अवैध भएको फैसला गरेपछि उनी पद तथा जिम्मेवारीबाट मुक्त भएका थिए।

रवि‍ले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडौँबाट नेपाली नागरिकता लिए पनि उनले पुनस्जिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्को बहस चलिरहेको छ।