देश

आजको मौसम


काठमाडौँ— हाल देशका केही भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भागमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभरकै मौसम सामान्यतया सफा रहने छ।

यस्तै हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।