Breaking

नेपालबाट पठाइएको बहुचर्चित शालिग्राम भारतको अयोध्या पुग्यो


काठमाडौँ — म्याग्दीबाट पठाइएको शालिग्राम शिला भारतको अयोध्या पुगेको छ । भारतको उत्तर प्रदेशमा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमाका लागि प्रसिद्ध धार्मिकस्थल कालिगण्डकी नदी किनारको शिला निकाली पूजाआजा गरी पोखरा, जनकपुरको जानकी मन्दिर हँुदै अयोध्या पुर्याइएको हो । कालिगण्डकी नदीबाट निकालिएको शिला पोखरा, जनकपुरको जानकी मन्दिर हँुदै अयोध्या पुगेको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको अवस्थामा नेपालका विभिन्न स्थानमा पूजाआजा तथा स्वागत गदैं भारत पुगेको छ ।

भारतमा यस्को भब्य स्वागत गरिएको छ । यो अभियान धार्मिक पर्यटनमा कोशेढुंगा सावित भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएको सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई धार्मिक संघसंस्था सहित सरकार सकारात्मक देखिएको छ । मुस्ताङको दामोदर कुण्ड आसपासको क्षेत्रबाट बग्ने कालिगण्डकी नदी पवित्र तीर्थस्थलको रुपमा समेत चिनिन्छ । कालिगण्की नदीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजनहरू खोजी गर्ने र दर्शनका लागि जाने गर्दछन् ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पवित्र कृष्णा गण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देह त्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्र नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल भ्रमण आएका वेला नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई मजबुत बनाउन जनकपुर अयोध्याको भूमिकाको परिकल्पना गर्दै ऐतिहासिक ‘ट्विन सिटी अग्रिमेन्ट’ भएको थियो । युगौँदेखि चलि आएको नेपाल भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने सहयोग गरेको छ ।