Breaking

रविमाथि प्रश्न नै प्रश्न, किन गृह मन्त्रालय नै चाहियो रु पार्टी कम्पनी जस्तै भएको हो ?


काठमाडौँ — विगतमा गाली गरेकासंगै कुम जोडेर सत्तायात्रा गर्ने निर्णयसंगै प्रश्नको सामना गर्न थालेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अहिले त घेराबन्दी नै सुरु भएको छ । मन्त्री बन्ने देखि पार्टीभित्रका आन्तरिक विषयमा समेत उठेका प्रश्न रविको नागरिकता प्रकरण पछि अझ तिखा बनेका छन् । तर वैकल्पिक भनिएको र आम नागरिकको आशाको भोट पाएको भनिएको रास्वपाले न त खण्डन गर्न सकेको छ नत प्रष्ट पार्न सकेको छ । विगतमा जसलाई गाली गरेर राजनीतिमा स्थापित भए उहिसंग कुम जोड्दै सत्ता यात्रा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सुरु बाटै प्रश्न उठिरहेकोे छ ।

निर्वाचनमा उलाभरपूर्ण सफलता प्राप्त गरेसंगै सिद्धान्त र बाटो के हो भन्ने प्रश्न खेपेको रास्वपाले सांसदहरुलाई वोल्न अंकुश लगाउने निर्णयलाई वाक स्वतन्त्रतासंग जोडेर टिप्पणी हुदाँ सत्तामा जान रास्वपाले गरेको रस्साकस्सी र दौडधुपलार्ई प्रश्नको घेरामा राख्दा उप र गृहमन्त्री पाँउदा समेत रवि लामिछानेले गरेको निर्देशन वाला स्टण्डको पनि परिणाम देखिएन । उनको नागरिकतामाथि सुरुबाटै प्रश्न उठिरहदाँ स्वार्थ वाझिने मन्त्रालय रोजेको आरोप खेपेका उनले मन्त्रीहरुमा विषयगत विज्ञ पठाउने भन्दै स्वार्थ वाझिनेको लाईन लगाएको विषयलाई पनि सामना गनुपर्यो ।

उसका मन्त्रीले कहिले सस्तो लोकप्रियताका लागि आईसियुमै क्यामेरा लिएर पुगेको त कहिले शिक्षामन्त्रीले पुस्तक छाप्न निजि क्षेत्रलाई दिने निर्णय गरेको आरोप खेप । त्यस्तै ईन्जिनियरिङ क्याम्पसका विषयमा भएको निर्णय समेत विवादमा पर्दा मेनपावर व्यवासायी नै मन्त्री बनेको विषय पनि निकै चर्चा रह्यो । जुन आशा गरिएको र वैकल्पिक भनिएको पार्टीले पुराना दलले हिडेको बाटोमा नहिडोस भन्नका खातिर चेतावनी समेत थियो । तर एकातर्फ सिङ्गो पार्टी र अर्कोतर्फ आफूमाथिको व्यक्ति प्रश्नहरुको चाङ नै लागेपछि वाक्क भएका लामिछानेले यस्ताल विषयलाई वास्ता नगर्ने टर्रो जवाफ दिदै आएका थिए ।

सर्वोच्च अदालतले रवि नेपालको नागरिक नै नभएको भन्दै उनको गृहमन्त्री र सांसद पद खारेज गरेपछि रास्वपा अझ प्रश्नको घेरामा तानिएको छ । विशेषत नागरिकता प्राप्तीसंगै गैरसांसदका रुपमा गृहमन्त्री बन्न गरिएको हतारोलाई शंका घेरामा राखिदा रवि भने कहिले अल्टमेटेम दिने तथा कहिले आफू अभिमन्यु नभएको भन्दै धम्कीपूर्ण फेसबुके राजनीतिमा व्यस्त छन् ।

यहि चेतावनीका विच पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टसमस नभएपछि तत्कालका लागि दुई दिन पर्खिन भन्दै चिसै पानिले नुहाएको रास्वपाले गृहमा रवि नै किन जानुपर्यो भन्ने प्रश्नको जवाफ दिन सकेको छैन । रविको पद जाँदैमा पार्टी नै किन सरकारबाट वाहिरिनुपर्ने भन्ने प्रश्नमा समेत उत्तर दिन नसकेको पार्टीले रवि किन विहान र वेलुका वालकोट वालुवाटार धाउदै छन भन्ने प्रश्नको समेत उत्तर दिन सकेको छैन ।

अहिले पार्टी रविको कम्पनी जस्तो भएको आरोप लाग्दै आएको छ भने रवि चाँहि प्रचण्ड ओलीको खेलौना जस्तो भएको भन्दै आलोचना भईरहेको छ । जहाँ प्रचण्ड रविले स्वार्थ वाझिने मन्त्रालयलाई नैतिकता नै विर्सेर दावी गरिरहेको भाष्य निर्माण गरिरहेका छन् । अर्कोतर्फ अवको दुईदिनमा पनि प्रचण्ड लचक नभए सरकारबाट बाहिरिने मनस्थितीमा रहेको रास्वपामाथि उसकै नेताहरु यसका लागि आधार तय गनुपर्ने दवाव दिईरहेका छन ।

यहि परम्पर विरोधी विचारकै कारण पार्टी फुटसम्मको हल्ला चल्दा पनि खास के भईरहेको हो भन्ने खुलस्त पार्न रास्वपा चुकेको छ । पारदर्शितालाई पहिलो मुद्धा बनाउनुपर्ने उसले प्रष्ट जवाफ दिन नसकेकै कारण यसको आ–आफ्नै तरिकाबाट अर्थ लगाउने काम भईरहेको छ । अहिले एक पक्ष पार्टीलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बेलामा महत्वपूर्ण निर्णय लिँदा सबै जिम्मेवार नेताहरूले छलफल गर्नुपर्ने पक्षमा छ भने रवि रास्वपा भनेको आफू र आफू भनेको रास्वपा भने जसरी अघि बढेका छन् ।

यसैको परिणाम छलफल गर्ने भन्दा स्टाटस हाल्ने र सोहि अनुसारको निर्णय गर्न दवाव बढाउने बाटोमा उनी छन । जसले अभियान जस्तो रहेको रास्वपालाई पार्टी बनाउन र राजनीतिक स्वरुपमा ढाल्न गाह्रो रहेको पूर्व विश्लेषणलाई चरितार्थ गर्दै गएको छ ।