Breaking

गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् । बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ, उनले भनेका छन्, ।