Breaking

गृह मन्त्रालय अडान रास्वपाको कायमै


काठमाडौँ — बिहीबार साँझ बसेको केन्द्रीय समिति र स‌ंसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने अडान कायम राखेको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त कुरा राखेका हुन् । हामीले पार्टीले गृह मन्त्रालय पाउनुपर्छ भनेका हौं। र अरू पार्टीले हाम्रो पार्टीको निर्णयमाथि हस्तक्षेप गर्न पाउँदैन भनेका हौं,’ उनले भने, ‘गृह मन्‍‍त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं। र पार्टीबाट को व्यक्ति पठाउने भन्ने अधिकार पार्टीको हो ।

यस्तै गृह मन्त्रीका लागि सांसद वा गैर सांसदको नाम पठाउने भन्ने प्रश्नमा उनले पार्टी बैठकबाट निर्णय हुने बताए । जब प्रधानमन्त्रीले पार्टीबाट गृह मन्त्रीको नाम पठाउनुस् भन्नुहुन्छ तब यसरी नै हामी बैठक बसेर निर्णय गर्छौं,’ उनले भने । रास्वपाको बैठक जारी नै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।

फोनमा उच्चस्तरीय बैठक नबसेको र दुई दिनका लागि कुनै पनि निर्णय नलिन भन्दै अनुरोध गरेको पनि बताए। त्यसपछि बैठक दुई दिनका लागि स्थगित भएको हो । त्यस्तै आफ्ना एजेन्डामा काम गर्न गृह मन्त्रालय नै रोजेको पनि उनले बताए । गृह मन्त्रालयसँग जोडिएको विषय के हो भने हामी पद पाएर सरकारमा गएका होइनौं । हामीले भन्दै आएको डेलिभरीका एजेन्डाका कुराहरू हुन् । हामीलाई काम गर्ने कुराहरूमा अगाडि बढाउनुपर्छ । हामीलाई काम गर्ने ठाउँ दिइयोस् भन्ने कुराहरू हुन्,’ उनले भने, ‘काम गर्ने ठाउँ दिइन्छ, हस्तक्षेप हुँदैन भन्ने जस्ता कुराहरू भनिएका कारण हामी सरकारमा गएका हौ‌ ।