Breaking

रविको ढाल बनेर उभिए ओली, प्रचण्डविरुद्धै गएर रविको बचाउ


काठमाडौँ — राष्ट्रपतिदेखि गृहमन्त्रालयसम्मका विषयमा सत्ता साझेदार दलहरुबीचमै मत बाझिँदा सत्ता गठबन्धनमा सकस परेको छ । गठबन्धनमाथि दबाब बढाउन थालेका प्रधानमन्त्री पनि रवाफ देखाउन थालेका छन् । राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्छु भनेपछि यसै खटपट सुरु भएको गठबन्धनमा गृहमन्त्रीको विषयले घिँउ थपेको छ ।सत्ता गठबन्धन तलमाथि भए त्यसको कारक नै गृहमन्त्रालय बन्ने चर्चाका बीचएमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान भेटवार्ता भयो । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री दिनुस् भन्दा प्रधानमन्त्रीले अस्वीकार गरिदिए ।

ओलीकै बोलीमा लोली मिलाएका राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीलाई सोही प्रस्ताव गरेका थिए । तर गठबन्धनको ठूलो दल र त्यसपछिका सहायक दलको मतलाई समेत मतलब नदिएर रविलाई रोकिरहेका प्रचण्डप्रति अहिले व्यापक शंका छ । त्यस शंका राष्ट्रपतिमा एमालेलाई रोक्नेदेखि परिआए काँग्रेस रोज्नेसम्म केन्द्रीत बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिए सरकारबाट समर्थन झिक्नसक्ने छ । राप्रपाको मुख थुन्न संसदबाटै प्रधानमन्त्रीले निषेध गर्न खोजे सरकार थप संकटमा जानेछ । राष्ट्रपति एमालेलाई नदिए सरकार ढल्ने छ । तर त्यसपछि पनि प्रचण्डलाई फरक पर्नेछैन । अहिले सबैलाई तह लगाउन आड दिइरहेको काँग्रेसको टेकोमा प्रचण्ड फेरि पनि सत्तामै भइराख्नेछन् । बरु गठबन्धन हाइज्याक भएको दाबी गरिरहेको काँग्रेस सत्तापक्ष बन्नेछ । जुन राष्ट्रपतिकै निर्वाचनसम्म भइछोड्ने काँग्रेसमा आश पलाएको छ ।

मंगलबारको पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता सम्बन्धि फैसलाबारे पूर्णपाठ आएपछि मात्रै गृहमन्त्रालयका विषयमा निर्णय गर्ने सहमति जुटाएका थिए । तर त्यसको एकदिनपछि माओवादी केन्द्रका महासचिवले गृहमन्त्रालयको विकल्प खोज्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य मन्त्रालय दिएर गृह आफैले राख्नेगरि माओवादीले पार्टीभित्र पात्र छनोटको विषय समेत शुरु गरेको छ ।

माओवादीभित्र नयाँ गृहमन्त्रीकै खोजि शुरुभइसकेपछि अब स्वतन्त्र पार्टीले गृह पाउने सम्भावनामाथि पूर्णविराम लाग्दैछ । किनकि सत्ता गठबन्धनको नेतृत्वकर्ता एमाले पनि राष्ट्रपतिको विषयलाई ताकेर प्रचण्डलाई दबाब दिनसक्ने अवस्थामा छैन । तैपनि समझदारी अनुसार नै हुनेभन्दै रविलाई आश्वास्त पार्न पनि छोडेको छैन ।फलतः आवश्यक परे गठबन्धन भत्काउनेसम्मको अंकगणितमिलाइरहेका प्रचण्ड काँग्रेसलाई देखाएरहुकुमीशैलीमा उत्रिएका छन् ।