Breaking

गठबन्धनमा संकट देखिँदा के गर्दैछ कांग्रेस रु रवि प्रकरणले पर्ला त ढोक्सामा माछा ?


काठमाडौँ — सत्ता गठबन्धन आपसी द्धन्दमा फस्दै जाँदा सरकारका काम नै प्रभावितहुदाँकांग्रेस भने कानमा तेल हालेर बसेको छ । तरल राजनीतिकअवस्थाका कारण सत्तायात्राको आशामा बसेको उसलाई न त गज्जागोलका कारण जनताका मुद्धा ओझेलमा परेको चिन्ता छ न तआफू प्रतिपक्षीभएको देखाउने हुटहुटि नै । त्यसो भएकांग्रेस अहिले के गर्दैछ त ? अर्थतन्त्रमा देखिएको संकटको प्रभावव्यवसायी सडकमा आउँदा र युवाले आत्मदाहगनुपर्ने अवस्थाआउनु कांग्रेसका लागि संसदमावोल्ने खरो विषयहुनसक्थ्यो । सत्ता गठबन्धन आफै गन्जागोलमाफस्दाजनताका समस्याओझेलमा परेका विषयप्रतिपक्षिकालागि सरकारलाई सचेत गराउने आधार बन्न सक्थ्यो ।

पार्टीको आन्तरिक विषयलाई नै हेर्ने हो भने कांग्रेसका लागि यो समिक्षाको समय हो । यहि कारण हुनसक्छ केन्द्रीय समिति बैठकका लागिदवावदिएको डा.शेखर कोईरालापक्षसभापतीकै कारण ठुलो दलभएपनि सत्ताहिनहुन परेको विषय र गठबन्धन जोगाउननसकेको विषयचर्काउने दाउमा समेत देखिएको थियो । तर अहिले न त संस्थापनपक्ष न त ईतर पक्ष पार्टीका विषयमावोल्छन नत संसदमाकांग्रेस नै वोल्छ । बरु एमाले अध्यक्ष केपीओलीले भनेझै सत्ताको ढोक्साथापेर बसेका उसले राष्ट्रपतिको माग बढाँउदै लगेको छ ।

जहा पार्टीलाई अवप्रतिपक्षी नै बनाएर अघि बढ्नुपर्ने बताउने ईतर पक्षको पनिमौन स्वीकृती कै अवस्था छ । जहाँकांग्रेस नेताशशाङ्क कोइरालाले त गृहमन्त्रीपाएमा सरकारमाजान सकिने अभिव्यक्ति नै दिईसकेका छन भने शेखर कोईरालापनिकांग्रेसको पुनारागमनकाविषयमाविश्वस्त छन । राष्ट्रिय सहमतीको सरकार भन्दै राष्ट्रपतिमा आँखा गाडिरहेको कांग्रेस र नेताहरुको यो अभिव्यक्तिले पार्टी कहाँ छ भन्ने प्रष्ट हुदाँओलीले त गृह राज्यमन्त्रीपाएपनि सरकारमाआउने टिप्पणी नै गरेका छन ।

आफ्नो साथले हौसिएकाप्रधानमन्त्री प्रचण्ड,रविप्रकरणले आएको तरङलाई कांग्रेसले सत्तायात्राको आधारका रुपमा हेरेको छ । यहि कारण पर्ख र हेरको अवस्था रहेको उसले अहिलेको त्रिशंकु संसदमा राष्ट्रपति एमालेले पाएहुनसक्ने संम्भावितखतरा बारम्बार प्रचण्डलाई सम्झाईरहेको छ । जसले एमाले सशंकितबन्दाभरसक कांग्रेस एमाले दुवैलाई सन्तुलनमाल्याउने प्रचण्डको प्रयत्नआफ्ना लागिभारी पर्ने कांग्रेसको वुझाई छ । यद्यपीगृह नपाउदाको रास्वपाको रन्को,सांसद पक्राउ परेपछि नागरिक उन्मुक्तिको आक्रोश तथाबोल्नै अंकुश लगाएपछि राप्रपामा देखिएको उकुसमुकुस गठबन्धन टुट्ने विश्वासमै कांग्रेस छ ।

फलत ः नेपालीकांग्रेसका प्रवक्तातथाप्रतिनिधिसभा सदस्यप्रकाशरण महतले नेपालीकांग्रेस छिट्टै सरकारमापुग्ने बताएका छन् । जनताले कम रुचाएको दलले सत्ता सञ्चालनगर्दा जनपक्षीयकामहुननसक्ने तर्क गरेका उनलेस्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केहीदिनमा नै कांग्रेस सरकारमापुग्ने बताएकाथिए । यद्यपीनेतागोविन्द भट्टराई भने कांग्रेस गठबन्धन टुटाउने खेलमानलागेको बताउछन् ।

यसरी हेर्दा न त सदनमा न त सडकमा न त समिक्षाकतैपनिनदेखिएको कांग्रेस ढोक्साथापेर बसिरहेको छ । जसमा सत्ताघटक दलहरुमादेखिएको खटपटले ओलीको पूर्वानुमानविपरित माछा पर्ने पर्खाईमाकांग्रेस छ । यसैलाई मध्यनजर गर्दैसमूहगत र सामूहिक बैठक बसेर छलफल गर्दा पार्टीभित्रको विवाद छताछुल्ल हुने र त्यसको असर आसन्न राष्ट्रपति निर्वाचनमा पर्ने भन्दै केन्द्रीय समिति बैठक समेत इतर समूहकै स्वीकृतीमा स्थगितगरिएको छ । जसको प्रतिफलको प्रतिक्षामाकांग्रेस रहेपनिनतिजा कस्तो आउछ त्यो हेर्न भने केहि दिनकुर्नैपर्ने हुन्छ ।