Breaking

रास्वपाले समर्थन फिर्ता नलिने प्रचण्डको विश्वास


काठमााडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् । बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन । उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारे।