Breaking

सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् ।

कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।