Breaking

मेरो मौनता आजसम्मका लागि मात्रै हो: रवि लामिछाने


काठमाडौँ — बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन् । अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन ।

त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो । तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् । उनले लखेका छन् अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।