Breaking

गृह मन्त्रालय रास्वपाले पाउने ओलीको दाबी


काठमाडौँ— सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताउनु भएको छ ।

विराटनगर पुग्नुभएका ओलीले सञ्चाकर्मीहरुसँग कुरा गर्दै सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीसँग यस विषयमा आफ्नो सहमति नै भएको समेत उहाँको भनाइ थियो । उहाँले रास्वपाले मन्त्रालय पाउने दाबी गर्दै कसलाई मन्त्री बनाउने त्यो भने पार्टीले मिलाउने बताउनुभयो ।

गृह मन्त्रालयल सो पार्टीलाई दिन सर्वोच्च अदालतको पूर्णपाठको आवश्यकता नपर्ने उहाँको जिकिर थियो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई अदालतको पूर्ण पाठ नआएसम्म जिम्मेवारी नदिने भन्दै तत्काल दिएमा चौतर्फी विरोध हुने बताएका थिए ।

गृहमन्त्री र राष्ट्रपतिको विषयले नयाँ गठबन्धनमा समस्या देखिएको छ ।