Breaking

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने


काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए । उनले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको बताए ।

लेखकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदै छ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।