Breaking

नयाँ सरकारले पनि बढाउन सकेन आशा,व्यवसायी सडकमा,महँगीको मारमानागरिक


काठमाडौँ — भित्रभित्रै गुम्सिएर रहेको नागरिककानिराशा र देशको संकटपूर्ण अवस्थाको प्रतिविम्ब सडकमा देखिनथालेको छ । नयाँ सरकार गठन र अर्थतन्त्रमा सुधार हुँदै गएको दावी गरे पनिव्यवसायीहरु भने आन्दोलनमै उत्रिनबाध्यभएका छन् । जसले नयाँ सरकारमाथि नै प्रश्नचिन्ह समेत खडा गरेको छ । वैकको ऋण,व्यवसायीमार्ने सरकारी निति र देशको आर्थिक संकटले व्यवसायमापारेको प्रभावालाई कारण देखाँउदै एक हप्तामै ३ जनाव्यवासायीले आत्मदाह र आत्महत्या गरेका छन् । केहिव्यवसायी सडकमै उत्रिदाअहिले नाफामागएरउद्योगीको समस्यामा रमाएका वैंकहरु नै केहि महिनापछि टाट पल्टिने अवस्थामाआउने विज्ञहरुले चेतावनी नै दिएका छन् ।नयाँअनुहार र नयाँदल सरकारमापुगेपनिनागरिककामनमाझिनो आशापनिपलाउन सकेको छैन भने देशको आर्थिक स्थिती थिलथिलो छ ।

बजार शुन्यप्रायबन्दाचलायमानहुनु पर्ने अर्थतन्त्रअदृश्य रुपमाजामभएर बसेको छ । देशले २०७२ सालमा खेपेको महाभुकम्प त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोनामाहामारी लगत्तै युक्रेन र रुस युद्धको प्रभावविश्व अर्थतन्त्रमा परेको भन्दै गर्दा सरकार पनिव्यवासायीकागुनासाप्रति सकारात्मकहुन सकेको छैन । बैंकहरुको चर्को ब्याजदर र आतंकबिरुद्ध यतिबेलाव्यवसायी र आमनागरिक रुष्ट छन् । नेपाल राष्ट्रिय व्यवसायीमहासंघ त सडक आन्दोलनमै उत्रिएको छ । बिरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायीमहासंघ, नयाँबानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाकव्यवसायी संघ, नेपालकम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमाब्यानर र प्लेकार्डसहितप्रदर्शन गरेकाहुन् ।

व्यवसायीप्रति सरकारले विभेदकारी नीतिलिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदाव्यवसायीहरु पीडितभएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्यभएको व्यवसायीहरुले बताए । उनीहरुले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पु¥याएकाले व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन् । अर्थतन्त्रचुनौतिपूर्ण अवस्थामापुगेको बेला बैंकहरुले उद्योगीव्यवसायीहरूलाई शोषण गरेको व्यवसायीहरुको गुनासो छ ।

मूलुकमा केहीव्यापारीक घरानाले आफ्नो स्वार्थ राखेर अनुकुलमा राज्य संयन्त्रलाई प्रयोग गर्दा पनि धेरै व्यवशायचौपट भएको छ । अहिलेको आन्तरिक बजारमाउधारो भयावहहुँदै गरेको बेलाउधारोमाचलिरहेको अन्तर्राष्ट्रिय व्यापार समेत अवरुद्ध गर्ने गरी राष्ट्र बैंकको नीति आएपछि विकृतिमाथपमलजलभएको व्यापारीहरुको गुनासो छ ।हालको अवस्थामाउत्पादनखस्किदो र भएको बजार उद्यारोमाहुँदापनि अर्थतन्त्रधान्ननसक्ने अवस्थामापुगेको छ । उधारोको चेन तोड्न नसके बजारको सन्तुलनविग्रने र त्यसको प्रतक्ष्य असर अर्थतन्त्रमापुग्ने जानकारहरुको बुझाईछ ।बजारमाउधारो कारोबारले आर्थिक व्यवहार बिग्रिरहेका बेलाचालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकहरूमापनिखराबकर्जा वृद्धि भएको छ ।

२१ वाणिज्य बैंकले दोस्रो त्रैमासिकसम्म १५ अर्ब ७६ करोड ६७लाख रुपैयाँ खराबकर्जा व्यवस्थापनकालागि छुट्याएको छ । जबकिगतवर्ष यस्तो कर्जा नोक्सानीको लागि ४ अर्ब ६ करोड ६० लाख रुपैयाँमात्रै छुट्याइएको थियो ।अर्थमन्त्री विष्णु पौडेलले आफ्नो मुख्यकाम नै अर्थतन्त्रका सुचकहरुमा सुधार रहेको र त्यसकालागि सवैको साथआवश्यक रहेको बताँदै गर्दा बढ्दो महङ्गीले नागरिकहरु हातमुखजोड्नै धौ धौ पर्ने अवस्थामाछन । यहिजर्जर प्रतिकुलअवस्थालाई मध्यनजर गर्दै नेकपाएकीकृत समाजवादीले बालुवाटार पुगेर पुष्पकमलदाहाल प्रचण्डलाई समाधानको बाटो सुझाउँदै २० बुँदे सुझावनै दिएको छ ।

बैंकहरुको व्याजदर एक अंकमाझार्न आग्रहगरिएको उक्त सुझावमानोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वालुकाइएको पैसा अर्थतन्त्रको मुलधारमाल्याउनुपर्ने मागगरिएको छ । देशको यर्थाथ समस्यालाई लत्याएर सत्ता स्वार्थमादलहरु लागि रहँदाभूईमान्छे खाना र नानाकालागि संघर्ष गर्ने व्यापार छोडेर सडकमा आउनवाध्यबनेका छन् । सरकारलेअहिले मामुलीमानिएको यो समस्याचिर्न नसके भोलीकादिनमाविकरालबन्दै पाकिस्तान र श्रीलंकाकोनियती देशले नभोग्लाभन्न सकिन्न । फलत ः नेतृत्वमा रहेकाहरु यस बारेमा संवेदनशीलबन्न जरुरी छ ।