Breaking

सत्ता गठबन्धनकै सांसद भिडन्त,किन आक्रामक बन्यो राप्रपा ? घाँटी जोड्ने मुख तोड्ने कहिलेसम्म ?


काठमाडौँ — सप्तरङ्गि सरकार र प्रधानमन्त्री प्रचण्डले भोग्न सक्ने चुनौतीबारे पूर्व विश्लेषणको संकेत संसदमै देखिनथालेको छ । सन्चारमाध्यमका अभिव्यक्तिबाट सुरु भएको यसको श्रृखलासत्ता गठबन्धनमा खटपट देखिदै गर्दा अझछताछुल्ल भएको हो ।जसलाई माओवादीको वढ्दो शक्तीको उन्माद र गठबन्धनको भविष्यसंग समेत जोडेर हेरिएको छ । परम्पराविरोधीशक्ती सहित सरकारमा सहभागीभएकाप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई साथदिने गठबन्धन दलभित्रको भित्रितुष संसदमा छताछुल्ल भएको छ । केही दिनअघि एक अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कातर्फबाट कानुन, न्यायतथा संसदीयमामिलामन्त्री ध्रुवबहादुर प्रधानले संघीयता खारेजीतथाहिन्दु धर्मका पक्षमाअभिव्यक्तिदिएकाथिए ।

उनको अभिव्यक्तिलाई लिएर स्पष्टिकरण सोध्ने भन्दै प्रचण्डलेसदनमै बोलेको केहि दिनपछि यसै विषयलाई लिएर बुधवार दोहोरी नै चलेको हो । मन्त्रीहरुको अभिव्यक्तिप्रतिएमाले सांसद रघुजी पन्त, माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले आजको प्रतिनिधिसभाको वैठकमा विरोध जनाए ।सुरुमाएमाले सांसद तथापूर्वमन्त्रीपन्तले संविधान र कानुनविपरीत प्रधानमन्त्रीकोे निर्देशनलाई समेत अस्वीकार गर्दै मन्त्रीविक्रमपाण्डेले गृहजिल्लाचितवनमापुगेर संघीयताविरोधीअभिव्यक्तिदिएको भन्दै आपत्तीजनाएकाथिए ।

संविधानकाआधारभूतविषयमा सरकारका मन्त्रीहरूबीचमतबाझिननहुने र सार्वजनिकविवाद देखिननहुनेतर्फ सरकारको पन्तले ध्यानाकर्षण गराउदासांसद शक्ति बस्नेतले व्यवस्थाबदलियो अवस्थाबदलिएनभनेर भाष्यबनाउनखोजिएको भन्दै व्यवस्था समस्याको कारण नभएको बताए । उनले सङ्घीयताको बोध गर्न सुदूरपश्चिमपुग्नुपर्ने, पहाडमा पुग्नुपर्ने बताउँदै राजधानीमा बसेर सङ्घीयताको बोध गर्न नसकिने बताएकाथिए ।जहाँजसपाका सांसद यादवले त राज्य संयन्त्रको दुरुपयोग गरेर संविधानविरोधीअभिव्यक्तिदिइएको भन्दै मन्त्रीको बर्खास्तीको मागसमेत गरे ।

उनीहरुको यो अभिव्यक्तीले राप्रपाका सांसदहरुको धुवाँ नै छुट्यो । फलत बस्नेतकोअभिव्यक्तिलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले उनको भनाइप्रतिआपत्ति प्रकट गरे।संविधानबनाउने बेलामा संघीयता चाहिन्छ कि चाहिँदैन ?धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन भनेर जनताबाट संकलनगरिएको जनमतआजकिन सार्वजनिकगरिएनभन्दै प्रश्न गरे । सांसद शाहीलेनेपालको संविधानको धारा २७४ उल्लेख भएबाहेक गणतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने कुरा यही संसदबाट निर्णय गर्न सकिने तर्क गरे ।उनले पन्त र बस्नेतको भनाईप्रतिनियमापत्ती नै जनाए ।

जहाँ राप्रपाकामहामन्त्रीधवल समशेर जबराले पनिआफूहरुलहिन्दु राष्ट्र र राजसंस्थाको वकालतगरिरहने बताए । त्यसकालागिजनताले मतदिएको भन्दै जबराले आफूहरुलाई नहेप्न पनिचेतावनी नै दिए । आफ्नै नेताकार्यकर्ताको चर्को विरोधकावावजुतपनिसरकारमै गएर व्यवस्थाको विरोध गर्ने वाचा गरेका उनीहरुलाई सत्ताघटक अन्यदलको पेलाईले पिरोल्दै आएको छ । फलतनिकै आक्रम रुपमा प्रस्तुतभएका जबराले यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने नभएको बताएकाथिए

एकातर्फ आक्रमकहुँदै गएका प्रचण्ड,अर्कातर्फ रविप्रकरणले गिजोलिएको गठबन्धनमा वुधवार संसदमा देखिएको दृश्यलाई अर्थपूर्णरुपमा हेरिएको छ । जहाँआफ्नो घेराबन्दीकमजोर भएएमाले अध्यक्ष केपीओलीले रास्वपा र राप्रपालाई अघि सार्छन भन्ने विश्लेषणकै विचरास्वपाले लाई रहेको घुर्की र राप्रपाका सांसदहरुको यो आक्रमकतालेगठबन्धनभित्रको खटपटलाई मलजल गरेको छ । यसरी एउटै जुवाकाधहालेर सत्तामाजाने तर प्रत्येक अभिव्यक्तिमै भिड्ने प्रवृत्तीले वर्तमान गठबन्धन कतिचल्लाप्रश्न समेत उठेको छ ।