विदेश

भारतले लगायो मोदीमाथिको बीबीसी डकुमेन्ट्री प्रसारणमा रोक, सुरुवाती राजनीतिक यात्राको चर्चा


काठमाडौँ —यतिबेला नरेन्द्रमोदीको द नरेन्द्रमोदि कोईसनस् नामक डकुमेन्ट्री निकै चर्चित छ । कतै यसको विरोध भइरहेको छ त कतै समर्थन ।डकुमेन्ट्रीमा सबैभन्दा बढी चर्चा मोदी मुख्यमन्त्री रहिसकेको गुजरातमा भएको दंगाको गरिएको छ । अहिले बीबीसीको एक डकुमेन्ट्रीनिकै चर्चामा छ । भारतले त यो डकुमेन्ट्रीमाथि प्रतिबन्ध नै लगाएको छ । प्रतिबन्धलाई लिएर विपक्षी दलहरूले सरकारको विरोध गरिरहेका छन् ।डकुमेन्ट्रीमा प्रधानमन्त्री मोदीको सुरुवाती राजनीतिक यात्राको चर्चा गरिएको छ । डकुमेन्ट्रीमा सबैभन्दा बढी चर्चा मोदी मुख्यमन्त्री रहिसकेको गुजरातमा भएको दंगाको गरिएको छ ।

सन् २००२ मा गुजरातमा भएको दंगामा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाइएको डकुमेन्ट्रीलाई भारतमा प्रतिबन्ध लगाइएपछि चर्चा बढेको हो । भारतको सूचना र प्रसारण मन्त्रालयले उक्त डकुमेन्ट्रीलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश नै दिएको छ । बीबीसीले भारतमा डकुमेन्ट्री प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड भएपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको छ । मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

अरु कूनै माध्ययमबाट प्रसारण गरेको डकुमेन्ट्रीलाई भारत सरकारले रोक लगाएको छ । डकुमेन्ट्रीको कुनै पनि क्लिप सामाजिक सञ्जालमा समेत सेयर गर्न प्रतिबन्ध लगाइएको छ । डकुमेन्ट्रीमामोदी राजनीति प्रवेशका सुरुवाती कदम देखाइएको छ जसमा उनी भारतीय जनता पार्टी (भाजपा)का विभिन्न ओहदामा अघि बढ्दै पश्चिम भारतीय राज्य गुजरातको मुख्यमन्त्रीमा नियुक्त हुँदासम्मका विकासक्रम देखाइएको छ । मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । दंगामा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी मुस्लिमको ज्यान गएको थियो ।

मोदीलाई ‘राजनीतिक खलनायक’जस्तै प्रस्तुत गरेर भारतविरुद्ध षडयन्त्र गरिएको आरोप लगाएका छन् । तर उक्त आरोपको खण्डन गर्दे भारतको केन्द्र सरकारले यसलाई देशविरुद्धको प्रोपागाण्डा भनेको छ । त्यस्तै प्रधानमन्त्री मोदीको छविलाई डकुमेन्ट्रीमा गलत तरिकाले प्रस्तुत गरिएकोभारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीको दाबी छ । डकुमेन्ट्रीले भारत–बेलायतबीचको सम्बन्धलाई धमिल्याउने कोसिस गरेको आरोप लगाइएको छ । दुवै देशबीच व्यापारिक सम्झौता हुँदै छ ।

बेलायत र भारतमा बसेका केही मानिसले मिलेर यो सम्झौतालाई तोडाउन यस खालको डकुमेन्ट्रीको षडयन्त्र गरेको बीबीसी डकुमेन्ट्रीविरोधीहरूको दाबी छ । पहिलोपल्ट ऋषि सुनकका रूपमा बेलायतमा कुनै भारतीय मूलको हिन्दु प्रधानमन्त्री बनेको छ । सुनक र प्रधानमन्त्री मोदीबीच सम्बन्ध राम्रो छ । बेलायतमा सुनकको छविसमेत बिगार्न डकुमेन्ट्री बनाइएको पनि आरोप छ । पूरै डकुमेन्ट्रीमाहिन्दू धर्मका मानिसहरूलाई गलत तरिकाले प्रस्तुत गरिएको विरोधीहरूले बताएका छन् ।यसबाहेक प्रधानमन्त्री मोदीको छवि एक विशेष धर्मविरुद्धको नेताका रूपमा गरिएको छ ।

भारतमा यो डकुमेन्ट्री प्रशारण गरिएको छैन तर लण्डनसहित संसारका कैयौँ देशमा यसलाई बीबीसीले चलाइसकेको छ । त्यस्तै यसै वर्ष भारतले जी २० को अध्यक्षता गर्दै छ । प्रधानमन्त्री मोदीले नै यसको अगुवाइ गर्दैछन् । यही कारण भ्रामक डकुमेन्ट्री रिलिज भएको पनि कतिपय सर्मथको आरोप छ ।

त्यस्तै यसकै माध्यमबाट मोदीमाथि दाग लगाउने प्रयास भएको भाजपा नेताहरूको तर्क छ । भारतमा कुनै डकुमेन्ट्री वा चलचित्रमाथि प्रतिबन्ध लगाइएको यो पहिलोपल्ट होइन । यसअघि भारत सरकारले ४३ फिल्ममाथि प्रतिबन्ध लगाइसकेको छ । तीमध्ये कतिपय प्रतिबन्ध फुकुवा गरिएका छन् धेरैजसो प्रतिबन्ध कायम नै छ ।