Breaking

प्रेम आचार्यकी श्रीमतीलाई रोजगारी दिने मोहन बस्नेतको घोषणा


काठमाडौँ —नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि नियुक्ति पत्र दिने बताए ।

यस्तै बालबालिकालाई विद्यालयमा भर्ना गरिदिने पनि उनले घोषणा गरेका छन् । मैले निजी विद्यालयमा ‍स्नातक तहसम्म निशुल्क पढाइदिने घोषणा गरेँ,’ उनले भने, ‘उहाँकी श्रीमती जो अहिले एकल महिला हुनुभएको छ । उहाँको रोदन मैले सुनेँ र म डेरामा भेट्न गएँ । उहाँलाई पनि रोजगारीको व्यवस्थाका लागि मैले उहाँलाई भनेँ ।