Breaking

ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाह गर्दै प्रचण्ड


काठमाडौँ — सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक सल्लाहमा जुटेका छन् ।

गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको वार्ता भएको थियो ।

मंगलबार साँझ मात्रै रविसँग बालकोटमा वार्ता गरेका ओली बुधबार बिहानै बालुवाटार पुगेका थिए । त्यस्तै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले पनि प्रचण्डसँग बुधबार बिहान वार्ता गरेर बाहिरिएका थिए ।

यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग सल्लाह गर्दैछन् । यसअघि सत्ता गठबन्धनका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।