Breaking

बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् । स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।