Breaking

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिका लागि सारियो


काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक भोलि बस्ने गरी सारेको हो ।

नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई गृहमन्त्रीमा दोहोर्‍याउने मनसायमा देखिएका छैनन् ।