Breaking

शत्ति राष्ट्रहरुसँग रुसको दम्भ, बेलायतलाई दियो युद्ध विध्वंशकारीको धम्की


काठमाडौँ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्नु आदेश दिनुअघि आफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । जोनसनले युद्धका दौरान भएको टेलिफोनमा पुटिनले त्यस्तो धम्की दिएको दावी गरेको हो । आडमै रहेको युरोप होस वा हजारौँ माइल टाढा रहेको अमेरिका, युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय हो । पछिल्लो समय युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक असाधारण फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

जोनसनका अनुसार पुटिनले त्यस्तो आक्रमणका लागि एक मिनेट मात्र लाग्ने बताएका थिए । सन् २०२२ को फेब्रुअरीमा भएको निकै लामो फोन सम्वादका क्रममा युद्ध पूर्ण रूपमा विध्वंशकारी हुने चेतावनी दिएका थिए । जोनसनले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू सामना गर्नुपर्ने र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएका थिए । उनले पुटिनलाई युक्रेन निकट भविष्यमा नेटोमा संलग्न नहुने बताउँदै रुसको कथित सैन्य कारबाहीलाई रोक्न खोजेका थिए । पुटिनले जोनसनलाई भने भनेका थिए म तिमीलाई पीडा दिन चाहन्न तर क्षेप्यास्त्रले चोट र्पुयाउन एक मिनेट मात्र लाग्छ । पुटिनको धम्की साँचो थियो कि थिएन भन्ने थाहा पाउन असम्भव रहेको जोनसनले बताए ।

यद्यपि, युकेमा रुसी आक्रमणहरू भएका छन् । सन् २०१८ मा सल्सबरीमा पछिल्लो आक्रमण भएको थियो । रुसी नेताले जतिसुकै हल्का रूपमा धम्की दिए पनि सम्भवतः जोनसनसँग त्यसलाई गम्भीरतापूर्वक लिनुको विकल्प थिएन । नौ दिनपछि फेब्रुअरी ११ मा रक्षा मन्त्री बेन वालेस आफ्ना रुसी समकक्षी भेट्न मस्को पुगेका थिए । रुसले युक्रेनमा आक्रमण नगर्ने आश्वासन दिएपछि वालेस त्यहाँबाट फर्किएको थियो । बेलायतका पुर्व प्रधानमन्त्री बोरिस जोनसनले विश्व नेताहरूलाई युक्रेनमा रुसले गरेको भयानक आक्रमण विफल बनाउन ६ बुँदे योजना समेत बाएका थिए ।