Breaking

प्रधानमन्त्री र मेयर बालेनले गरे एकसाथ यस्तो उद्घोष, होला त कार्यन्वयन ?


काठमाडौँ — आज सहिद दिवस , देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाउँदै आएको छ । आज देशैभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । निरंकुश राणा शासनविरुद्ध संघर्ष गर्ने क्रममा १९९७ माघ १० गते शुक्रराज शास्त्री, माघ १३ गते धर्मभक्त माथेमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले शहादत प्राप्त गरेका थिए । उनीहरुको संघर्षमय जीवन र बलिदानको गाथा, प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरुको योगदानको समेत सम्झनामा प्रत्येक वर्ष माघ १६ मा सहिद दिवस मनाउने गर्दछ ।

जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती दिने सपूतहरुको सम्झनामा दिवस मनाइँदै आएको छ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरेका हुन् ।

शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताएका छन । संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउँदै माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन ।

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने उनको तर्क छ । अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए ।

शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहीदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाई छ ।शहीदको मूल्य र महत्वलाई सरकार साथै आम नागरिकले समेत कति महशुस गर्न सक्यो लेखाजोखा हुन जरुरी छ । शहीदको योगदानलाई मूल्याङ्कन गर्न भाषाण र प्रतिवद्धता भन्दा मुलुकको विकास र समृद्धितर्फ चासोसँगै चनाखो हुन जरुरी छ ।