Breaking

ओली–प्रचण्ड सम्बन्धमा खटपट, राष्ट्रिय सहमतिमा कांग्रेस भित्र्याउने प्रपञ्च


काठमाडौँ — सरकारले पुर्णता पाइ नसक्दै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । नयाँ राष्ट्रपतिमै शंसय रहेका बेला रविको नागरिकता प्रकरणबाट सुरु भएको गृहमन्त्रालयको भागवण्डाले माओवादी र एमालेलेबीच थप खटपट देखिएको हो । सत्ता सहकार्यमाका लागि बनेको एक महिनामै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । कांग्रेसले दिएको विश्वासको मतबाट सुरु भएको आशंकाको खाडल राष्ट्रपतिमा सहमती खोज्ने माओवादी कदम र रवि प्रकरणसंगै अझ गहिरो बनेको छ । गठबन्धनको प्रारम्भमै पनि कांग्रेसको थापेको च्याखेका विच आफूलाई प्रधानमन्त्री स्वीकारेको एमालेलाई लिएर खुसि भएपनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीकै लागि सवै त्याग्ने मनस्थितीमा थिएनन् ।

तर मर्नू भन्दा वौलाउनु निको ठानेका उनी गृह, अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय अरुको हातमा पर्दा पनि स्वीकार्न बाध्य थिए । तर बढ्दो ओली सक्रियता र भागवण्डामा पछि पारेको बुझेका उनलाई कांग्रेसले दिएको विश्वासको मतले राहतको काम गर्यो । राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने प्रस्तावमा कांग्रेसले यो बाटो रोजेको आशंका गर्दै संसदमै ओलीले ढोक्सा नथाप्न आग्रह गरेका थिए । जुन अहिले चरितार्थ हुँदै आएको छ । विगतमा पनि ओलीको कदम र राष्ट्रपतिको साथका कारण हालत व्यहोरेको माओवादी अहिले एमालेको हातमा राष्ट्रपति पुगोस भन्ने चाहादैन । त्यसैलाई देखाएर कांग्रेसले प्रचण्ड ओलीवीच फाटोको राजनिति गर्दा विकसित घटनाक्रमले समेत एमालेलाई झस्काएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । तर माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरेको छ । यहि कुरालाई लिएर एमाले नेताहरुले भने प्रचण्ड जिस्काए माहोल अझ विग्रिने भन्दै कांग्रेसलाई रिङ आउट गर्ने निति लिएका छन । यसअघि पनि कांग्रेसको वलमा वलियो बन्न खोजेका प्रचण्डलाई ओलीले रवि र राजेन्द्र प्रयोग गरेर साईजमा ल्याउने रणनिति लिएका थिए । तर अहिले त रवि नै लरखराएको बेला गृहमन्त्रीमा पनि माओवादीले दावी गर्न थालेको छ ।

रविले नागरिकता लिएपनि गृहमन्त्रालय आफ्नो हक लाग्ने राष्ट्रिय स्वतन्त्र पार्टीले दावी गरिसकेको छ भने ओली पनि प्रचण्डलाई दवाव दिईरहेका छन । तर रविले निस्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरि पासपोर्ट लिएको विषय के हुन्छ भन्ने टुङ्गो नभएको भन्दै तत्काल स्वार्थ वाझिने मन्त्रालयमा उनी वा उनको सांसदलाई दोहोर्याउने पक्षमा प्रचण्ड छैनन् । त्यसो हुँदा गृहमन्त्रालय आफैले राख्न पाउने सुविधामा प्रचण्ड छन भने कि आफू नभए अर्को दलका नेता अघि सारेर प्रचण्डलाई बाध्ने ओलीको रणनिति पनि कमजोर हुने छ । यहि रस्साकस्सीका कारण रविलाई पुरानै जिम्मेवारीमा फर्काउनेबारेमा प्रचण्ड र ओलीबीच सहमति बन्न सकेको छैन ।

यद्यपी माओवादी नेताहरु भने राष्ट्रिय सहमतीको विषय कसैलाई रुष्ट बनाउन र स्वार्थका खेलका लागि नभएको बताउछन । पछिल्लो अवस्था हेर्दा दुई ओटा गठबन्धनलाई समानान्तर रुपमा अघि बढाएको आरोप समेत प्रचण्डलाई लागेको छ । न त एमाले छोड्न सक्ने न त कांग्रेसलाई नाई भन्न सक्ने उनको यो अवस्था पाँचैबर्ष आफू प्रधानमन्त्री बन्ने उदेश्यले केन्द्रीत छ । जहाँ कांग्रेसलाई काध हाल्दैमा सवै गुमाएर प्रचण्डको साथ छोडेर हिड्ने अवस्थामा एमाले पनि छैन । तर लुकामारी र मोलमोलाईको यो खेलमा ओली कतिसम्म लचक बन्छन र कांग्रेसले प्रचण्डको आत्मविश्वास कति बढाँउछ त्यसैमा निर्भर रहने छ ।