Breaking

चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिए गाडी चालकले


काठमाडौँ — मदिरा सेवन गरेर गाडी चलाएका पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन् । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चित्रबहादुर वली लगायत चेकिङमा बसेका थिए । मदिरा सेवन गरेर मातेका थापालाई प्रहरी हवल्दार वलीले रोक्न खोज्दा पनि नरोकी छलेर गाडी हुँइकाएको एक प्रहरी अधिकृतले बताए ।

‘मदिराले मातेर गाडी चलाएको थाहा पाएपछि रोक्न खोजिएको थियो, स्टन्ट गरेर भागे,’ उनले भने, ‘फेरी फर्केर आएर प्रहरीलाई लक्ष्य गर्दै ठक्कर दिएको देखिन्छ । प्रहरीले रोक्न खोज्दा भागेका थापा फर्केर आउँदा फेरी प्रहरीले रोक्न खोजेको र गाडीको ढोकाले ठक्कर दिएर हात भाँचिदिएको ती अधिकृतले बताए । मदिरा सेवन गरी गाडी चलाएर प्रहरीमाथि आक्रमण गर्न खोजेका थापालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थपेको छ ।