Breaking

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता


काठमाडौँ – राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन् । सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्नेछिन्।