Breaking

घेराबन्दीमा बालेन, समर्थक नै आन्दोलनमा उत्रिए, विरोधीप्रति उपमेयरको मौन समर्थन


काठमाडौँ— काठमाडौं महानगरपालिको नेतृत्व सम्हालेको दश महिना नपुग्दै बालेन शाहको कदमविरुद्धमा विभिन्न समूह सडकमा उत्रिन थालेका छन् । आज त उनको विजय जुलुसमै सहभागि भएका प्रतिष्पर्धी समेत सडक संघर्षमा उत्रिए ।

काठमाडौं महानगरपालीकाको प्रमुखमा बालेन्द्र शाहको आगमनसँगै हौसिएका महानगरबासी पछिल्लो समय उनको कदमविरुद्ध आक्रमक बन्न थालेका छन् । काठमाडौंका विभिन्न स्थानका स्थानीयबासी व्यवसायी एकजुट भई आइतवार बालेन शाहका विरुद्ध प्रर्दशन गरेका हुन ।

आइतवारको जुलुसमा त बालेन शाहको विजय जुलुसमै सहभागि भएका प्रतिष्पर्धी सुमन सायमी नै सडक संघर्षमा उत्रिए । नेवार समूदाय र स्थानीयको प्रतिनिधित्व गर्दै संघर्षमा उत्रिएका उनै सारथीले अहिले बालेन शाहले क्षेत्राधिकार मिच्दै दभ्म देखाएको भन्दै संघर्षमा उत्रिन बाध्य भएको बताएका छन ।

प्रर्दशनका क्रममा उनीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन । प्रर्दशनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका छन ।

उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् ।

काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । अव पनि आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी छ ।

यता महानगरबासीले गत बैशाखको स्थानीय निर्वाचनमा नपत्याएका पूर्वमेयर केशव स्थापीत पनि बालेन विरुद्ध उभिएका छन् । उनले बालेन शाहबाट केही आशा गर्ने ठाउँ नरहेको भन्दै स्थापितले जनतासमक्ष उभिने आठ पनि शाअले नगरेको आरोप लगाएका छन् ।

सुकुम्बासी बस्ती हटाउने बालेन शाहको कदमविरुद्ध सुकुम्बासी समूदाय आक्रोशित छन । यस्तै पार्कीङको विकल्प नदिई व्यवसायीलाई उठिबास लगाउन खोजिएको भन्दै सडक संघर्ष गर्ने व्यवसायीले पनि धम्की दिईसकेका छन । सुरुवाती दिनमा महानगरबासीसामू आशातित भएर उदाएका उनै प्रमुख पछिल्लो समय उग्र बन्दै जाँदा चौतर्फी आलोचना समेत खेप्नु परेको छ ।

आफ्नै सहयात्री झै सम्झिएकाहरु पछिल्लो समय बालेन शाहविरुद्ध उत्रिएका छन् । विरोधीप्रति उपमेयरको मौन समर्थन र चौतर्फी घेराबन्दीमा परेको शाह आफ्नै योजना आफैले बाडेको सपनाका कारण पछिल्लो समय आचोलित बन्दै आएका छन ।