देश

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौँ— काठमाडौँ महानगरपालिकाले गरेको बेथिति विरुद्ध महानगरवासी आन्दोलित भएका छन्। आइतबार उपत्यकाव्यापी सडक विस्तार पीडित संर्घष समितिले माइतीघरमा प्रदर्शन गरेको हो ।

सुमन सायमीको नेतृत्वमा फुटपाथ, सुकुम्वासी लगायतका विषयमा काठमाडौं महानगरको पछिल्लो कामको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।