देश

रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिउका छन् ।

रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।