देश

आजको मौसम


काठमाडौँ— आज देशका थोरै भू भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना भने टरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू भागमा सफा रहनेछ । आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।

आइतबार दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।