Breaking

भावुक भए रवि, कसले पुर्यायो सडकमा, समर्थकको नाराबाजी,वकिलको चलखेल !


काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो । एक वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक पृष्ठभूमि धेरै लामो छैन । वास्तवमा नै भन्ने हो भने उनले राजनीतिमा व्यतित गरेको समयले नेपालमा वडाध्यक्षको पद पाउन पनि मुश्किल हुन्छ । तर, यस्ता परम्परागत राजनीतिक शैलीलाई तोड्दै राजनीति सुरु गरेको ६ महिनामा नै गृहमन्त्री बन्न सफल भएका उनले नेपाली राजनीतिमा नयाँ दीपक जलाए । सञ्चारकर्मबाटै नेपाली जनताको मत जितेका उनलाई चितवन २ का वासीले भारी मतान्तरले त जिताए तर, सर्वाेच्चको आदेशले भने उनको सांसद पद नै खोसिदिएको छ ।
उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो।


कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।नागरिकताका विषयमा लामिछानेलाई विपक्षी बनाउदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।

लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ । यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ । लामिछानेले विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने अदालतले ठहर गरेको हो ।


अदालतको फैसलाले पदमुक्त भएका लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको यो फैसलासँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । साथै, लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ ।राजनीतिमा स्थापित हुन लामो त्याग,निष्ठा, बलिदान÷संघर्ष हुनु पर्ने मान्यताका विरोधाभास भित्रै एक व्यवशायिकसंचारकर्मीको अप्रत्यारिलो राजनैतिक छलांगले अन्य राजनीतिक दलका नेताहरु भयभीत थिए । झन्डै डेढ दशकको अमेरिकाको बसाई पछि स्वदेशमै फर्केर व्यवशायिक टेलिभिजनमा जन सवालका मुद्दाहरुलाई प्रमुख विषय बनाएर सामाजिक बहस चलाएका लामिछाने पछिल्लो संसदीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी गठनगरी निर्वाचनमा होमिएका थिए ।