देश

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीको स्पष्टीकरण


काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् । मृत्युसँग संघर्ष गरिरहेको बिरामीलाई आईसीयु प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।

उनले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह गरेकी छिन् ।
राज्यको भेट्न जाने प्रक्रिया लामो हुनसक्ने हुदाँ आफू पनि शल्य चिकित्सकको नाताले आईसीयूमा भेट्न जान ठूलो प्रक्रियाको आवश्यक नपरेको बताएकी छिन् ।

साथै सबैको हातहातमा मोबाइल भएको हुदाँ भिडियो कसले खिच्यो भन्नेबारे जानकारी आफुलाई नभएको भन्दै प्रश्नहरुको खण्डन गरेकी छिन् ।