देश

देशको अर्थतन्त्र चिन्ताजनक रहेको प्रधानमन्त्री प्रचण्डको भनाई


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।

मारवाडी सेवा समाजको ७०औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्नेतर्फ अग्रसर भएर लागि रहेको बताएका छन् ।

उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शैय्याको अस्पताल बनाउनेमा सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।