Breaking

रवि लामिछानेविरुद्धको रिटको आज सुनुवाई हुदै


काठमाडौँ— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको आज पनि संबैधानिक इजलासमा सुनुवाई हुदै छ । गत बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि अर्को पेसी तोकिएको हो ।

बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दै’मा राखिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र आजपनि सुनुवाईले निरन्तरता पाउने छ ।