देश

आगामी तीन दिनको मौसम


काठमाडौँ— मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भूभागहरूमा हुस्सु कुहिरो लागेको छ। आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार सुदुर पश्चिम को उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।