Breaking

ओली–देउवा राष्ट्रपति भिडन्त,को–को छन रेसमा, प्रचण्डको रोजाईमा सिटौलाहुन्त ?


काठमाडौँ — राष्ट्रपति निर्वाचनवारे सत्ता गठबन्धन र विपक्षीदलहरुमासमेत मतभेद कायम छ । दलहरु ऐन र संविधानलाई दोष दिएरै राष्ट्रपतिकोनिर्वाचनआफु अनुकुल समयमागर्ने कसरतमा छन् । देशकै सर्वोच्च पद यत्ति बेलादलिय स्वार्थको उल्झन र बेग्रल्तीआकाक्षीहरुकोजालोमा जेलिएको छ । सभामुख र उपसभामुखचयनमा देखिएको समर्थन राष्ट्रपतिसम्मै रहे राष्ट्रपतिमा स्वत सत्ता गठबन्धनकै उम्मेदवारले बाजीमार्नेनिश्चित छ ।सत्ता गठबन्धनका संयोजक समेत रहेका एमाले अध्यक्ष केपिशर्मा ओलीले गठबन्धनभित्र बार्गेनिङमिलाईसकेका छन् ।

देशकै सर्वोच्च राष्ट्रपति पद आफ्नो पोल्टामा पार्न ओलीआफ्नो सबै शक्तिखर्चेर लागि परेका छन ।गठबन्धनको सहमतिमात्रहोइन राष्ट्रिय सहमतिलाई बटमलाईन बनाएका छन । राष्ट्रपतिको उम्मेदवार को अझै निश्चितछैन तरमाओवादी केन्द्र भने राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने लाइनमा छ । एमाले र कांग्रेसकै सहमतिमा राष्ट्रपति चुन्नपाए सरकार सञ्चालन सहजहुने माओवादीको बुझाइ छ ।

सहमतिगर्नु नै परे एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमतिहुनुपर्ने ओलीको अडान कायमै छ ।हालका राष्ट्रपति विद्यादेवी भण्डारी नै तेहेरिन संविधानबाधक छ । एमालेभित्र राष्ट्रपति पदकामुखर रुपमाप्रस्तुतनभएपनिआकाक्षीहरुको लर्को कम छैन ।हालचर्चामाचुनावहारेका ईश्वर पोखरेल, प्रदिप ज्ञवाली देखि ओलीकाविश्वासिलो पात्रसुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु रिमालसमेत लाइनमा छन । अध्यक्षओलीको बक्सिस जसलाई पर्छ उहि राष्ट्रपतिका उम्मेदवार पक्का छ । जति नै आकाक्षीभएपनिपदनप्रापतगर्न अध्यक्षओलीको आर्शिवादपहिलो शर्त हो ।

सत्तारुढ दल ऐन र संविधानबाझिएको बाहानाबनाउँदै आफु अनुकुलभएपछि मात्रराष्ट्रपति निर्वाचनको मिति तय गर्ने रणनीतिमा छ । यत्ता संसदको ठुलो दल बनेर पनि सर्वश्वगुमाएको नेपालीकांग्रेसको अन्तिमआशा राष्ट्रपति गएर अल्झिएको छ । प्रधानमन्त्री प्रचण्डलाईविश्वासको मतमात्रदिएको छैन । राष्ट्रपति निर्वाचनमाहुने राष्ट्रियसभा सदस्यको मत र प्रधानमन्त्री प्रचण्डको भरोषा गरेर उम्मेदवारको सत्ताको सर्वश्वगुमाएपनिकांग्रेसका शीर्ष नेताहरुले राष्ट्रपति पद पाउने आशामालाइनमा बसेका छन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि दुई दुई पटक राजावादीसँगचुनावहारेका कृष्ण प्रसाद सिटौला समेत छन । गोपालमानश्रेष्ठ र मानबहादुर विश्वकर्माको नामपनिराष्ट्रपतिको उम्मेदवारमाजोडिने गरेको छ । संविधानको संरक्षक राष्ट्रध्यक्ष राष्ट्रपतिको कार्यकारी भूमिकानभई सेरेमोनियलभूमिकाहुने संविधानमाउल्लेख छ ।

तर विगतमा तरल राजनीतिकअवस्थामा राष्ट्रपतिले खेलेको भूमिका र स्थायी पद रहेकाले पनि सबैको आँखा राष्ट्रपतिमा छ । यसअघि अध्यादेश प्रमाणिकरण,संसद विघटन,सरकार गठन जस्ता विषयमा राष्ट्रपतिको भूमिकाका कारण पनि राष्ट्रपति सेरमोनियलमात्रनभई शक्तिशालीहुँदा राष्ट्रपति पदमा सबैको नजरमा छ । दलहरु मात्रहोइनआकाक्षीहरु समेत मरिहत्यगरिरहेका छन । दलहरु आफु अनुकुलव्यक्तिलाई राष्ट्रपति बनाउने कसरतमा छ ।