Breaking

लिङ्देनको कदमले चुलियो विवाद, हिन्दु धर्म र राज संस्थाको मुद्दा राप्रपाले छोडेकै हो ?


काठमाडौँ — राप्रपाको नेतृत्वमालिङदेन आएसँगै जनताले ठूलोआश र भरोसा देखाएकाथिए । त्योआशालाईनागरिकले निर्वाचनमापनि प्रकट गरे । तर,लिङदेनको आगमनपनिऔपचारिकताभन्दामाथि उठ्न सकेन,जसका कारण राप्रपामा समेत विवादचुलिएको छ । नेपाली राजनीतिमालामो इतिहास बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट यस पटक नेपालीजनताले ठूलो आश र अपेक्षा राखेका थिए । परिणामत जनताले २८ वर्षदेखि खिइँदै आएको पूर्वपञ्चहरुको साखजोगाइदिए । ५ औं ठूलो दलबनाएर सदनमा पठाएको राप्रपाको नेतृत्व त फेरियो तर, पुरानै शैलीको सत्तालोलुप्ताभने फेरिएन ।

जसका कारण राप्रपामाथिपनिविभिन्नप्रश्न उठ्न सुरु भएको छ भने त्यसले विवाद पैदा गराएको छ । आमनिर्वाचनको चुनावमा गठबन्धन गर्दादेखि अहिले सत्तासमीकरणसम्म आइपुग्दा राप्रपालाई विवादै विवादले घेरेको छ । अगाडी सिटमा बसेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जतालग्यो त्यतै पार्टीको गन्तव्य बनेको छ । अध्यक्ष लिङ्देनको काम र बोलीको तारतम्यतानमिल्दा सरकारमा सामेल मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीले चेतावनीदिइसकेका छन् । यद्यपि, संविधानले छुट दिएको कुरामाबोल्न पाउनु पर्ने उनीहरुको तर्क छ र साथै कारवाही गरेर देखाउनपनिचुनौतीदिएको छ ।

ठूला ठूलागफदिएकाअध्यक्षलिङदेन उनैले विरोध गरेको शासनव्यवस्थाको उपप्रधानमन्त्री छन् । पार्टीभित्रतत्काल सरकारमानजाने सहमतिहुँदाहुँदै पनि सरकारमागएरै विवाद खेपेको उनले विवादित र भष्ट्रचारिलाई मन्त्रीमण्डमा सामेल गरेपछि भने झन् कमलथापाकै जस्तो नियातीभोग्नु पर्ने चर्चा चुलिएको छ । भष्ट्रचार गर्नु आमाको रगतखाए सरह हुने बताएकाउनको कामभने ठ्याक्कै त्यसको उल्टो छ ।

पार्टीभित्रै प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर राणा जस्ता दिक्गज र पुराना राजनीतिक खेलाडीहरु हुँदाहुँदै पनिलिङदेन ओलीको इसारामाचलेको पार्टीभित्रैका नेताको आरोप छ । पञ्चायतकालबाटै राजनीतिकगर्दै आएकामन्त्रीकाआकांक्षी डा. धवलशम्शेर राणा विवादित र भष्ट्रचारिलाई मन्त्रीबनाएको भन्दै सार्वजनिक मञ्चबाटै आगो ओकलिरहेका छन् । जसले गर्दा राप्रपाले फेरि पनिपतनकै बाटो रोजेको हो कि भन्ने आशंकागरिएको छ ।

सैद्धान्तिकयात्रानमिल्नेहरु सँग गरेको सहकार्यले अहिले राप्रपालाई विवादको चाङमाल्याई पुर्याएको छ । पटक पटक राजा भेटेका लिङदेनले पार्टीभित्रआफू राजाकै इसारामाचलेको दम्भदेखाएपनिओलीसँगको साँठगाँठको आरोप खेप्नु परेको छ । भइरहेका दलको विकल्प राप्रपा र नेताको विकल्पआफू बताउने उनी सत्ता स्वार्थमालिप्त भएपछि आगामीयात्राजोखिममा पर्ने देखिन्छ । वर्षाैदेखि राजनीतिको मुद्धा बनाउँदै आएको गणतन्त्रकै सारथीबनिसकेकाले अब राप्रपाले राजन्त्र र धर्मको वकालतगर्नु जनताभुलाउने बाहेक अरु केहीनभएको निष्कर्ष निकालिएको छ ।