Breaking

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचन तथा राष्ट्रियसभाको उपनिर्वाचनबारे कुराकानी हुने बताइएको छ ।

यही माघ २५ गते लुम्बिनी प्रदेशमा रिक्त एक स्थानमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । त्यस्तै, राष्ट्रपतिको कार्यकाल यही फागुन २८ मा सकिँदै छ । त्यसभन्दा एकमहिना अघि नै राष्ट्रपति निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । यद्यपि, कानुन र ऐन बाझिएकाले राष्ट्रपति निर्वाचनको मिति तोकिन सकेको छैन ।