Breaking

परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता


काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ ।