Breaking

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले संघीय संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ ।

बुधबार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आत्मदाहअघि आचार्यले सामाजिक सञ्जामा सार्वजनिक गरेको विषयमा छानबिन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रवि लामिछानेले आचार्यले सामाजिक सञ्जामा सार्वजनिक गरेको विषयमा छानबिन गर्ने जानकारी दिए । छानबिनका लागिगृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताए ।

उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्ष अनुसार कदम चाल्ने बताए । ‘आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठान गर्नुभएको छ। त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्य तथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’, उनले भने, ‘उहाँले भन्नुभएको विषयहरू छानबिनपछि नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ।