Breaking

माओवादीको स्थायी समिति बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।