Breaking

प्रेमप्रसादको आत्मदाहले नेपाली समाज शोकमा, राज्यविरुद्ध जनआक्रोशचुलियो


संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएसँगै यतिबेला नेपाली समाज स्तब्ध बनेको छ । आचार्यको मृत्युसँगैसरकारविरुद्ध प्रर्दशन समेत भएका छन भने नागरिकप्रति गम्भिर बन्न उनीहरुले दबाब दिइरहेकाछन् । आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएसँगै यतिबेलासरकारविरुद्ध जनआक्रोश बढिरहेको छ । संसद भवन अगाडि आत्मदाह गर्ने इलामका आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ भने भने नागरिकप्रति गम्भिर बन्न दिइरहेका छन् ।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाह गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारबिरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेखेका थिए । प्रदर्शनकारीहरुले सत्तामा पुगेकाहरुले यो अवस्थाको सिर्जना गरेको भन्दै कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन गृहमन्त्री लामीछानेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको भन्दै आश्वासन दिएका छन् । मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने गृहमन्त्री लामिछानेले प्रतिवद्धता समेत जनाएका छन ।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन ।

गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो । स्वदेशमै केही गर्न भनि लागि परेका आचार्यको मृत्युवरणसँगै यतिबेला राजनीतिक नैतिकतामाथि भने गम्भिर प्रश्न उठेको छ ।