Breaking

साना दल एक हुँदै, को–कोसँग मिल्दैछ, चनावले भित्तामा पुगेकाहरु सत्ताको साँचो बन्ने दाउमा


काठमाडौँ — संसदीय निर्वाचन पश्चात मुलुकले राजनीतिले गति लिन थालेको छ । सरकार गठन र सदन सञ्चालन भएसँगै अब जनप्रतिनिधि जनताका मुद्धा र जनजीविकामा केन्द्रित हुन थालेका छन् । यद्यपि चुनावमा सन्तोषजनक नतिजा प्राप्त गर्न असफल साना दलहरु पार्टी एकताको वेमौसमी बाजा बजाईरहेका छन् । पुरानो पार्टीबाट छुट्टिएर नयाँ पार्टी खोल्दै राष्ट्रिय राजनीतिमा स्थापित हुने हुँकार गरे पनि चुनावी परिणाम आफू अनुकुल नआएपछि यत्ति बेला साना दलहरु एक हुने र पुरानै दलमा फर्किने अवस्थामा छन् ।

चुनावमा सन्तोष जनक नतिजा प्राप्त गर्न असफल हुँदा साना दलहरु मिलेर शक्ति बढाउने विकल्प रोज्न बाध्य छन् । माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति पार्टीको निर्माण, उपेन्द्र यादवको जसपासँगको मिलन हुँदै त्यहाँबाट पनि टुक्रिएर नेपाल समाजवादी पार्टी नेसपा गठन गर्न पुगेको डा बाबुराम भट्टराई अन्तमा माओवादीमै मिसिने चरणमा छन् । मंसिर ४ गते भएको निर्वाचनमा डा बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएको थियो । अहिले माओवादी केन्द्र र नेसपाको एकताका लागि वार्ता जारी छ ।

एमालेबाट चोटिएर एकिकृत समाजवादी पार्टी खोलेको माधव कुमार नेपाल र नेकपा एमालेबीच पनि एकताको चर्चामा छ । माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाबीचको एकताका लागि कार्यदल गठन नै गठन भईसकेको छ । उनीहरु एक अर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।

त्यस्तै संसदीय चुनाव मार्फत राष्ट्रिय राजनीतिमा उदायएको सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुतmी पार्टीले कार्यगत एकता गरिसकेका छन् । यी दुई पार्टी पाि निकट भविष्यमा नै पार्टी एकता गर्ने अकलन गरिएको छ । बल्लतल्ल सदनमा आफ्नो अस्तित्व जोगाए पनि राष्ट्रिय राजनीतिमा अस्तित्वको संकट,अझ आत्मविश्वास नै संकटमा पर्दा दलहरु एक हुने जोडवलमा छन । उनीहरु संसदमै ठुला र साना दलबीचको विभेद भएको भन्दै असन्तुष्ट जनाउन थालिसकेका कारण पनि साना मिलेर शक्ति आर्जन गर्नुको विकल्प छैन ।

नेमकिपाका प्रेम सुवाल जनमोर्चाका चित्र बहादुर के.सी लगायतका पात्र अपवाद बाहेक जथाभावी दल खोल्ने, फुटाउने र सत्तासमीकरण लगायतमा लेनदेन मिले एकता गर्ने परिपाटीले राजनीतिक विकृति भने मौलाउँदो छ । नीति, विचार र सिद्धान्त मिल्ने दलहरूबीच एकता हुँदै जानुलाई सकारात्मक मान्न सकिन्छ । तर राजनीतिक स्वर्थमा मात्र केन्द्रीत रहेर हुने एकताले भने सर्वसाधरणको जनजीविका कुनै सकारात्मक प्रभाव ल्याउनेमा आशावादी हुने ठाउँ भने रहँदैन ।