Breaking

प्रेमप्रसादले आफु आगो लगाएर गरेको विद्रोह, तोसिमासँग अन्तिम चित्कार,रविलाई ज्ञानेन्द्र शाहीको सुझाव


काठमाडौँ — मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाएका थिए । जसको आजबिहान कीर्तिपुर अस्पतालमा मृत्युभएको छ । धेरैले उनको मृत्युलाई आत्महत्या वा आत्मदाह भनेपनि यसलाई राज्यप्रतिको विद्रोहका रुपमा हेरिएको छ ।

मृत्युअघि बर्न हस्पिटलको बेडमा रहेका प्रेमप्रसाद आचार्यले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीसँग भनेका थिए, राज्यले सुन्दैन । राज्यमन्त्री डा. कार्कीले किन यस्तो गर्नुभएको ? हामी थियौं नी, राज्य छ भनेर सोध्दा आचार्यले ‘कसैले सुन्दैन’ भन्दै जति प्रयास गरेपनि असफल भएको सुनाउँछन् ।

धेरैले अहिले प्रेमप्रसादले आफैँलाई आगो लगाएर बानेश्वरको बीच सडकमा आत्मदाह गरेको विषयलाई आत्महत्या भनेका छन् । तर यो एउटा आत्मदाह वा आत्महत्याभन्दा माथि विद्रोह बनेको छ । देशमै केही गर्छुभन्दाभन्दै पनि पटकपटक राज्यकै निकायबाट ठगिएपछिको अन्तिम परिणाम बनेको छ । संसद भवनबाट निस्किदै गरेका प्रधानमन्त्रीकै अघि पेट्रोल छर्किएर सलाई कोर्नु र आफैलाई सल्काउन पक्कै कायरता होइन ।

व्यक्तिगत असफलता, लेनदेन वा विग्रिएको व्यवहारमात्रै कारण हुन्थ्यो भने उनी चुपचाप कतै झुण्डिएको भेटिन्थ्ये । तर यो त राज्यसँगकै विद्रोह भएका कारण उनी आफु जलेर सबैको मनमा डढेलोसल्काएर विदा भए ।जुन नेपाली राजनीतिको कालो धब्बा बनेको छ ।

उनले अपनाएको बाटो बेठिक भएपनि दिएको सन्देश सोह्रै आना ठिक छ । एउटा आम उद्यमशिल युवाले आफ्नो व्यापार, व्यवसायमा सफलता हात पार्न गर्नुपर्ने कर्म सबै गरेपनि अन्तिममा उपलब्धी शून्य भएपछि उनले यो बाटो समाएका छन् । देशमा भएको चरम लापरवाही, आफ्ना नागरिकप्रति सरकारको जिम्मेवारविहिन व्यवहार र राज्य सञ्चालकप्रति छाएको नैराश्यताको क्रुर सन्देश उनको मृत्युले दिएको छ । किनकि उनले इलामको साग काठमाडौंमा बेच्न ल्याउँदा भ्याट तिरेकोदेखि बाटोबाटोमा प्रहरीलाई ५ हजारसम्म घुसबुझाउनु परेको पीडासमेत व्यक्त गरेका छन् ।

यो प्रेमप्रसादले जस्तै सबैले भोग्दै आएको यथार्त हो । प्रेमप्रसादले राज्यका निकायबाट खाएका ५२ ठक्कर ५३ घुस्साको लेखाजोखा हुन आवश्यक छ । उनले प्रश्न उठाएका निकायमाथि छानबिन र आवश्यक परे कारबाही गर्न राज्यका निकाय तयार हुनुपर्छ । ताकि भोलि फेरि अर्काे कुनै व्यक्तिले आफुलाई जिउँदै जलाउनु नपरोस् । प्रेमप्रसादले दिएका सुझावहरुलाई कार्यान्वयन गरि सरकारले उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ । नत्र खसी काटेर मासुको भाग लगाएजस्तै पद र शक्तिको भागबण्डाले यही नियती ब्यहोर्नु अर्काे युवालाई बल पुग्नेछ ।